INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा मिलापत्र, आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घटना कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजीमान पुरीलाई साउन २ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले ०७८ माघ ५ गते बलात्कार गरेको भएपनि तत्काल घटनामा मिलापत्र भएको पाइएको छ ।

बलात्कार घटनापछि छोरीमा पिसाबसम्बन्धी समस्या आएको र जति नै उपचार गरेपनि विसेक नभएपछि छोरी र पत्नीलाई सोध्दा छोरी बलात्कार घटनामा पीडित भएको साउन २ गते थाहा पाएको पीडित बालिकाका बाबुले बताउनु भयो ।

पीडित बालिकाका बाबु जागिरको शिलशिलामा मोरङ बाहिर गएको अवस्थामा आरोपितले पीडित बालिकालाई ०७८ माघ ५ गते बलात्कार गरेको र घटना लगत्तै बालिकाकी आमालाई पैसा दिएर मिलापत्र गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घटनालगत्तै आरोपितले बालिकाकी आमालाई पैसा दिएर घटनामा मिलापत्र गरेको र कसैलाई भने मार्ने धम्की दिएका कारण पीडित परिवारले ढिलो गरी घटना प्रहरीमा ल्याएको डिएसपी कार्कीले बताउनु भयो ।

छोरीमा पटकपटक पिसाबसम्बन्धी समस्या देखिएको र जति उपचार गरेपनि ठिक नभएपछि छोरी र आमाले घटनाका विषयमा बताएको बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

छोरी र पत्नीले घटनाका विषयमा बताएपछि आरोपितविरूद्ध साउन २ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको बालिकाका बाबुले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २ गते गरिएको छ ।

अन्य

भिडियो