२० वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन क्रियाकलापमा लगाएर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ६ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा घोराही उपमनपा–१२ का ५० वर्षीय इन्द्रबहादुर केसी, सहयोगी घोराही उपमनपा–१० की ४२ वर्षीया सीता विक र तुलसीपुर उपमनपा–१७ घर भइ हाल घोराही–१४ मा होटल सञ्चालन गर्ने ३६ वर्षीय झमन बिक रहेका छन् ।
पीडितलाई आरोपित इन्द्रबहादुरले साउन ३ गते करणी गरेर होटलमा अरूलाई पनि बलात्कार गर्न लगाएर रूपियाँ असुलेको भन्दै पीडित युवतीले असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।