INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १ गते खेल्ने क्रममा यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो ।

खेल्ने क्रममा आरोपितले बालिकालाई करेसाबारीमा लगेर यौन दुर्व्यहार गरेको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो