INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय धर्मराज न्यौपानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–१ गाडापारी घरभई नेकपा एमाले नाम्खा गाउँकमिटिका सचिव ४० वर्षीय आङ लामालाई ०७९ असार २८ गते गिरफ्तार गरेको छ ।

नाम्खा गाउँपालिकाको सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा कार्यालयको काम गरिरहेको अवस्थामा असार २८ गते लामाले दुर्व्यवहार गरेपछि आफुले सोहीदिन जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको अधिकृत न्यौपानेले बताउनु भयो ।

आरोपित लामाका अनुसार गाडापारी जलविद्युत आयोजनाको काम सम्पन्न भएर भुक्तानीका लागि अनुरोध गरेको बताउनु भयो । उहाँले भन्नु भयो “काम सम्पन्न भएर सम्पूर्ण कागजात तयार गरेको १४ दिन भईसक्दा पनि सो कार्य अगाडी नबढाएपछि आफुले टेवलमा फाइल फालेको हो दुर्व्यवहार गरेको हैन ।”

उक्त कार्यालयमा विवाद भएपछि अधिकृतको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णराज ओझाले बताउनु भयो ।

अन्य

भिडियो