INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाको कुटपिटबाट ६ वर्षीय बालक घाइते, आरोपित गिरफ्तार

शुक्लागण्डकी नपा-१० जुवालथरका ६ वर्षीय सागर नेपालीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीया आमा टिकादेवी नेपालीलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले असार २४ गते दिउँसो अगुल्टाले टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।

स्थानीय बासिन्दाले उक्त घटना असार २५ गते जानकारी पाएपछि प्रहरीलाई खबर गरेको घाइते बालकका आफन्त यामबहादुर परियारले बताउनु भयो ।

प्रहरीले घाइते बालकको उद्धार गरेर उपचारको लागि शुक्लागण्डकी नपा ५ स्थित जिपि कोईराला अस्पतालमा ल्याएको थियो । बालकको उपचार अहिले सो अस्पतालमा भइरहेको छ ।

छोरालाई कुटपिट गर्ने आमा टिकादेवीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरि हिरासतमा राखेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर भोजराज पाण्डेले बताउनु भयो ।

आरोपितलाई कानुन अनुसार कारवाही गरिने उहाँले बताउनु भयो । घाइते बालकको बाबुको मृत्यु गत महिना भएको थियो ।

अन्य

भिडियो