२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धादिङ जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार बस्दै आएका टीकाराम नेपालीलाई प्रहरीले ०७९ असार २४ गते ठमेलबाट गिरफ्तार गरेको छ ।
विववाह गर्ने प्रलोभन देखाएर आफुँलाई पटक पटक बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितले प्रहरी वृत्त सोह्रखुट्टेमा असार २४ गते उजुरी दिएको थिईन् ।
पीडितको उजुरीका आधारमा आरोपितलाई असर २४ गते ठमेलको होटल एक्सेसबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पडित महिलाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा असार २४ गते गरिएको छ ।