INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अारोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा-११ का २३ वर्षीय अनिल कुर्मीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १७ गते अनिल कुर्मी र दिपेन्द्र कुर्मीले सामूहिक बलात्कार गरेका थिए ।

पीडित बालिकालाई आरोपितद्वयले बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय महाराजगञ्जमा उजुरी दिएको थियो ।

आरोपित दिपेन्द्र कुर्मी फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाकारी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल तौलिहवामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो