INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का २७ वर्षीय आइतराज योङहाङलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १८ हजार रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७७ जेठ २ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७७ जेठ २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ जेठ २ गते गरिएको थियो ।

अन्य

भिडियो