तुलसीपुर उप–महानगरपालिका–९ की २८ वर्षीया माया श्रेष्ठको पेट्रोल छर्केर आगो लगाइ हत्या गर्न खोजेको आरोपमा प्रहरीले पति ४२ वर्षीय पति उज्जल चनारालाई असार १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १४ गते घरमै बसिरहेको बेला कोठामा पेट्रोल छर्केर आगो लगाइ बाहिरबाट ढोका बन्द गरेको र आफू भागेर बाँचेको पीडितले बताउनु भयो ।
घटनाका विषयमा पीडितले असार १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पनि घटनाका मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
घटनामा परी दुबै हात र खुट्टा जलेर घाइते भएकी श्रेष्ठको असार १४ गतेदेखि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दैनिक कुटपिट गर्ने, मानसिक तनाव दिने गरेको र यस अघि पनि दुई पटक मार्ने प्रयास गरेकोले उजुरी दिएको पीडित श्रेष्ठले बताउनु भयो ।