नलगाड नपा–१ चिउरी निवासी ४२ वर्षीया भगवती शाहीको हत्या भएको घटनाका आरोपित ४५ वर्षीय पति लेकबहादुर नेपालीलाई प्रहरीले ०७९ असार १३ गते गिरफ्तार गरेको छ ।
घटना भएको एक हप्तापछि उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । चिउरीको जङ्गलमा एक महिलाको शव सडेको अवस्थामा रहेको स्थानीय गाँउलेले खवर गरेपछि प्रहरीले असार १० गते भगवतिको शव फेला परेको थियो ।
घटना ०७९ असार ५ गते भएको थियो । लेकबहादुुरले गत असार ५ गते बिहान घरमा कोही नभएको अवस्थामा पत्नीलाई कुटपिट गर्दै लखेट्दै जंगलतिर लगेर नजिकैको भिरालो जंगलको भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिनु भयो ।
लेकबहादुर नेपाली र भगवति शाहीबीच सशस्त्र द्वन्द्वको समयमा २२ वर्ष अघि अन्तरजातीय विवाह भएको थियो । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाउँदैनथे । त्यही विषयमा उनीहरू बीच बेलाबेला विवाद भइरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरूका एक छोरा एक छोरी छन् ।
जिल्ला अस्पताल, जाजरकोटमा शवको पोष्टमार्टम भएको छ । मृतकको घर र शव ९० देखि एक सय मिटरको दुरीमा रहेको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने