चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा वैशाख १७ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटना लगत्तै आरोपित फरार भएकाले खोजी कार्य सुरु गरिएको छ ।