१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-४ का २८ वर्षीय राकेश सिंहलाई वैशाख १७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सई यमबहादुर बोहोराले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँके जिल्ला स्थायी घर भई हाल बुटवल उप-महानगरपालिका-८ बस्ने २३ वर्षीय सुनिल चौधरीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख १६ गते बलात्कार प्रयास गरेको आरोपमा मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडित युवतीले वैशाख १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
त्यसैगरी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ का २८ वर्षीय पूर्णबहादुर छन्त्याललाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित पक्षले वैशाख १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा लिखित उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।