१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ का ३९ वर्षीय बिष्णुबहादुर बिकलाई रिब्दीकोट गाउँपालिका– ६ तल्लोताल गाउँबाट जेठ ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २३ गते रिब्दीकोट गाउँपालिका–२ सानोदमाकमा बलात्कार गरेको भन्दै पिीडितकी आमाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनु भएको थियो ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते पाल्पा अस्पतालमा गरिएको छ ।