२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय आफन्तलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको इन्स्पेक्टर मोहनजङ्ग बुढथापाले बताउनु भयो ।
घटनाको जनाकारी पाए लगत्तै घटना स्थल पुगेको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थापाले बताउनु भयो ।
खेतमा काम गरी रहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते बर्दिया अस्पतालमा गरिएको छ ।