२२ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा शिवपुरी गाउँपालिका–१ का २० वर्षीय सुमिन खत्रीलाई प्रहरीले ०७९ जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई जेठ २० गते एकान्त सडकमा पैदल हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले आरोपित खत्रीविरुद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी डिएसपी रूपक खड्काले जानकारी दिनुभयो ।
पीडितको उजुरीको आधारमा खोजी गर्नेक्रममा आरोपितलाई उसकै घरगाउँमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते त्रिशूली अस्पतालमा गरिएको छ ।