INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–१ बारिलका ४० वर्षीया एकल महिला अनिभा खडायतलाई जेठ २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका छिमेकी बीरेन्द्र खडायत र तुला खडायतलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न फरार आरोपित भोजबहादुर खडायतको भने जोखी कार्य भइरहको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका विरेन्द्र नेकपा माओवादी केन्द्र शैल्यशिखर नगर कमिटिका उपाध्यक्ष हुन् भने फरार रहेका भोजबहादुर नेपाल विद्युत प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन् ।

घर नजिकै रहेको खरको लुटोमा जेठ २५ गते विहान ४ बजे आसपास आगो लगाएर महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताउनु भयो ।

घटनास्थलमा ढुङ्गा र टाउँकोमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानबाट महिलालाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने भएपनि पोष्टमार्टमपछि मात्रै वास्तविक के भएको हो भन्न सकिने डिएसपी विष्टको भनाइ छ ।

आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास गरिएको भएपनि मृतकी छोरी गौमती खडायत भाग्न सफल भई ज्यान जोगिएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायतले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मृतककी छोरी गौमती घटनास्थलबाट भागेर छिमेकी रणविर खडायतको घर पुग्नु भयो । उहाँले आमाको हत्या भएको सुनाएपछि समुदायमा जानकारी भएको हो । घटनास्थल पुग्दा आगोमा जलेर अनिभाको मृत्यु भइसकेको थियो ।’

मदिरा सेवन गरेका आएका व्यक्तिहरुले बलात्कार गरेर हत्या गरेको स्थानीय तथा छिमेकीहरुको आरोप छ ।

मृतक महिलाका पतिको सात वर्ष पहिले मृत्यु भएको थियो । मृतकका दुई छोरी र एक छोरा छन् ।

घटना जटिल भएकोले थप अनुसन्धान भइरहेको र  शवको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

photo20220609darchual

अन्य

भिडियो