INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्या घटनाका आरोपित पाँच जना गिरफ्तार

हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीको सीआइबी टोलीले पाँच जनालाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा पञ्चदेवल विनायक नगरपालिका–४ का ४० वर्षीय सुरतबहादुर शाही, ३२ वर्षीय रामबहादुर शाही, मिलन शाही, २८ वर्षीय देवेन्द्र शाही र २२ वर्षीय महेन्द्र शाही रहेका छन् ।

घटनामा संलग्न भएको आशंकामा पाँचै जनालाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, मंगलसेनमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो ।

पीडित परिवारले किटानी सहित प्रहरीमा उजुरी दिदा प्रहरीले जाहेरी नलिएपछि मृत अवस्थामा फेला परेका शाहीको शवलाई पोष्टपार्टमका लागि घटनास्थलबाट उठाउन दिइएको छैन् ।

जेठ १७ गतेदेखि हराउनु भएका शाही जेठ २१ गते मृत अवस्थामा फेला परेका भएपनि प्रहरीले किटानी जोहेरी दर्ता नगरी घटनाका दोषीलाई कारवाहीको सुनिश्चितता नगरेसम्म पोष्टमार्टम गर्न नदिने पीडित पक्षको अडानका कारण पाँच दिनदेखि शव घटनास्थलमै रहेको छ ।

सल्लाघारीको खोचमा मृत अवस्थामा फेला परेका शाहीको शवको घटनास्थल मुचुल्का भएको भएपनि शवलाई प्रहरी र स्थानीयले पाँच दिनदेखि घटनास्थलमै कुरिरहेका छन् ।

तालिम प्राप्त कुकुर सहित नेपाल प्रहरीको सीआइबी टोलीले विनायक क्षेत्रमा जेठ २२ गतेदेखि र सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डेको टोली घटनास्थलमा पुगेर थप अुनसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्टको भनाइ छ ।

बालक हत्याको घटनामा संलग्न व्यक्तिहरुलाई कार्वाहीको मागराखि जिल्लाको विनायक, सदरमुकाम मंगलसेन लगायतका स्थानमा नाराबाजी र धर्ना कार्यक्रम भइरहेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले जेठ २५ गते जिल्लाभारीका सवारी साधन र बजार बन्द गरेको छ ।

वैशाख ३० गते स्थानीय तह निर्वाचनमा मतदान भइरहेको अवस्थामा फर्जी मतका विषयमा विवाद भएको थियो । सोही विषयलाई लिएर जेठ १७ गते गाउँमा झडप भएको खबरपछि प्रहरी टोली कालिकास्थानमा पुगेको रातिबाटै विनोद हराएको मृतकका आफन्तको भनाइ छ ।

photo binod shahi20220608Achham 4

photo binod shahi202206008Achham (1)

photo binod shahi202206008Achham (2)

photo binod shahi202206008Achham (3)

अन्य

भिडियो