१६ दिने शिशु हत्या घटनाको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले १५ वर्षीया आमालाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
अविवाहित बालिकाले अवैध सम्बन्धका कारण जेठ ९ गते माइतिमा शिशु जन्माएको र शिशुले दूध नखाएको, रोएको भन्दै जेठ २५ गते घरको शौचालयको सेप्टी ट्याङ्कीमा फालेर हत्या गरेको आरोपितले स्वीकार गरेको गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले बताउनु भयो ।
आफू शौचालय गएको अवस्थामा बेला शिशु हराएको आरोपितले बताए पछि खोजतलास गर्दा शिशु सेप्टी ट्याङकीमा फेला परेको थियो ।
राप्ती गाउँपालिका–३ का २२ वर्षीय विकाश घर्तीसँगको सम्बन्धबाट बच्चा जन्मिएको र घर्तीले पनि सम्बन्ध रहेको स्वीकार गरेकाले जिल्ला बाहिर रहेकाले झिकाउन लागिएको एसपी काफ्लेले बताउनु भयो ।
शिशुको शव लमही अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ ।