INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला खांँडादेवी गाउँपालिका– १ लुभुघाट घर भई गोदावरी नगरपालिका–१४ ठैब बस्ने २३ वर्षीय अनोज माझीलाई ०७९ जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई ललाइ फकाइ गोदावरी नगरपालिका–१ दमाईटारस्थित सडक किनारामा माझीले चलाउँदै आएको प्रदेश ३ –०१–०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा राखी ०७९ जेठ ९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २१ नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई ललितपुर जिल्ला अदालतबाट जेठ २२ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका  एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते पाटन अस्पताल लगनखेलमा गरियो ।

अन्य

भिडियो