INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या

बालबालिकाहरूलाई निशुल्क वितरण गरिने भनिएको पाठ्यपुस्तक सरकारले समयमा पुर्‍याउन नसक्दा जुलग गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन ।

जुगल गाउँपालिका भित्र रहेका विद्यालयहरू मध्ये सङ्घीय राजधानीबाट दुरीका हिसाबले सबै भन्दा नजिक रहेको जुगल गाउँपालिका–५ स्थित रामेश्वर माविमा हालसम्म बालबालिकाले सबै पुस्तकहरू पाउन नसक्दा पढाइमा बाधा पुगेको विद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरेले बताउनु भयो ।

प्रधानाध्यापक घिमिरेका अनुसार पालिकामा जम्मा चार जना पुस्तक बिक्रेता रहेको र ती बिक्रेताले समयमा पुस्तक उपलब्ध नगराएकोले समस्या उत्पन्न भएको हो ।

गाउँपालिकाबाट अधिकार प्राप्त पुस्तक बिक्रेतालाई पटक पटक ताकेता गर्दा पनि पुस्तक प्राप्त नभएको तथा भौगोलिक बिकटता रहेको समस्या देखाउँदै बिक्रेताले समयमा पुस्तक पुर्‍याउन कठिन भएको जुगल गाउँपालिका शिक्षा अधिकृत प्रदिप पराजुलीले बताउनु भयो ।

शिक्षा अधिकृत पराजुलीका अनुसार केही समयमा नै सबै बालबालिकाहरूलाई पाठ्यपुस्तक पुर्‍याउन पहल भने भइरहेको छ ।

जुगल गाउँपालिका–४ को कात्तिक बजारका पुस्तक बिक्रेता सुमन श्रेष्ठसँग सम्पर्क गर्दा जनक शिक्षा सामाग्री केन्द्रको वितरण शाखाबाट सबै कक्षाका पुस्तकका सेट नै पाउन कठिन भएकाले एकै पटक सबै विद्यालयमा पुस्तक उपलब्ध गराउन समस्या भएको तर क्रमश पुस्त उपलब्ध गराउने वितरकले बताएकोले सबै पुस्तक विद्यालयलाई उपलब्ध गराउने प्रयास जारी रहेको बताउनु भयो ।

जिल्लाकै बिकट स्थानमा रहेको यस जुगल गाउपालिका भित्र ४१ ओटा विद्यालयमा कक्षा १ देखि १० कक्षामा ७ हजार ३ सय ८० जना बालबालिकाहरू यस शैक्षिक सत्रमा भर्ना भएको जुगल गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

जिल्लाकै बिकट स्थानमा रहेको यस जुगल गाउँपालिका भित्र ४१ ओटा विद्यालयमा ७ हजार ३ सय ८० जना बालवालिकाहरू यस शैक्षिक सत्रमा भर्ना भएको जुगल गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

शैक्षिक सत्र सुरु भएको एक महिना बित्नलाग्दा समेत विद्यार्थीहरूले समयमा पुस्तक पाउन नसक्दा उनिहरूको पढाइमा बाधा पुगेको जुगल गाउँपालिका–५ का वडा सचिव रामचन्द्र घिमिरेले बताउनु भयो ।

अन्य

भिडियो