१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–७ का २१ वर्षीय नविन विश्वकर्मालाई जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २४ गते गरिएको छ ।