INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिह धामी र शैल्यशिखर नगरपालिका–९ का ३३ वर्षीय रमेशसिह साउद जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपित धामीले जेठ १७ गते आफ्नै घरमा र साउदले जेठ १९ गते बस्कोट गएको बेला बलात्कार गरेको भन्दै जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपतद्धयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरिएको समेत डिएसपी विष्टको भनाइ छ ।

पीडतको स्वास्थ्य परीक्षण जेठ २० गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो