२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामा घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिल चाबहिल बस्दै आएका १९ वर्षीय जीवन केसीलाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।
आफूलाई काठमाडौँ महानगरपालिका–१ हात्तीसारस्थित एक रेस्टुरेन्टमा लगेर बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितले जेठ २१ गते प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएपछि सोही दिन गिरफ्तार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज मैनालीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।