INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीहरू यार्सा सङ्कलनका गएपछि पठनपाठन प्रभावित

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका–१ र २ मा पर्ने पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनकालागि सर्वसाधरणलाई जेठ १६ गतेबाट खुल्ला गरेपछि यो गाँउपालिकाका अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनकालागि पाटन क्षेत्रमा पुगेपछि पठनपाठन प्रभावित भएको छ ।

जेठ दोस्रो हप्ताबाट एक महिनाकालागि मुगुम कार्मारोङ गाँउपालिका–१ डोल्पु र सोही गाँउपालिका–२ मुगु गाँउका पाटन क्षेत्रमा यार्सा सङ्कलन गर्न सर्वसाधरणकालागि खुल्ला गरेपछि यो गाँउपालिकाका करिब १२ ओटा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पाटन क्षेत्रमा गएपछि पठनपाठन प्रभावित भएका हुन । विद्यार्थी यार्सा सङ्कलनमा निस्केपछि शिक्षकहरू विद्यालय बन्द गरेर सदरमुकाम झर्न थालेका छन ।

समुन्द्र सहतबाट ४ हजार ५ सयदेखि ५ हजार २ सय मिटर उचाईका पाटन क्षेत्रमा यार्सा सङ्कलनका लागि हरेक वर्ष विद्यार्थीहरू एक महिनासम्म पढाई छोडेर आफना अभिभावकसँग मुगुम गाँउका रिमार, छापाखोला, चाल्ने, ठुलो कोखी, स्याने कोखी, च्यार्कु, सोही गाँउपालिका–२ को डोल्पु क्षेत्रमा पुग्ने गर्छन ।

यो गाँउपालिकाले अघिल्ला दुई वर्ष कोभिडका कारण यार्सा सङ्कलनमा रोक लगाएको थियो । दुई बर्षसम्म यार्सा सङ्कलन गर्न नपाएका यहाँका सर्वसाधरणले यो वर्ष गाँउपालिकाले जेठ १६ गतेदेखि एक महिनाकोलागि खुल्ला गरेपछि विद्यालयमा अध्यनरत विद्यार्थीहरू आफना अभिभावकसँग जोखिम मोलेर पाटन क्षेत्रमा पुगेपछि विद्यालय बन्द हुँदा शिक्षकहरू विद्यालयमा ताला लगाएर कोही सदरमुकाममा कोही पालिका केन्द्रित कोही विद्यार्थीसँग यार्सा सङ्कलनमा पुगेको श्री राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक पासङ्ग तामाङ्गले बताउनु भयो ।

विद्यालयमा किताब पनि पुगेका छैनन किताब नहुँदा पढाइपनि भएको थिएन । एक महिनासम्म पाटन क्षेत्रमा पुगेर यार्सा सङ्कलनबाट भएको आम्दानीले घरपरिवारलाई आर्थिक जुट्ने र आफनो पढाई खर्चमा समेत रकमको जोहो हुने भएकाले अभिभावकसँग पाटन क्षेत्रमा यार्सा सङ्कलनकालागि हिडेको बुद्ध मावि कक्षा सातमा अध्ययनरत छात्रा पेमा योज्नन लामाले बताउनु भयो ।

यो गाँउपालिका–३ ताखामा रहेको श्री आवासीय विद्यालय ताखामा ३ सय ६५ विद्यार्थी अध्ययन गर्छन । यार्साको सिजन शुरु भएपछि अहिले जम्मा ८०/९० जना मात्र विद्यार्थी अध्ययनरत छन अन्य सबै विद्यार्थी पाटन क्षेत्रमा यार्सा सङ्कलनमा गएको उक्त विद्यालयका प्रद्यानाध्यापक कुसुल शाहीले जानकारी दिनु भयो ।

यार्सा सङ्कलन भएपछि यो गाँउपालिकाको मुगुम, डोल्पु, चिताई, कात्ति किम्रि, ताखा, खारी, पूर्व, दाउरा, सेरोग रिउस, मह र माँग्री गाँउका विद्यालयमा अध्यनरत कक्षा एकदेखि दुईसम्म अध्ययन गर्ने विद्यार्थी गाँउमा रहेका छन । तीन कक्षा भन्दा माथिका विद्यार्थीहरू पाटन क्षेत्रमा पुग्दा विद्यालय बन्द गुर्न परेको त्यहाँका शिक्षकहरूले बताउनु भएको छ ।
MuguPhoto-2022-06-02 MuguPhtot_2022-06-02 MuguPhoto_2079-06-02

अन्य

भिडियो