१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–५ का ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई तिनाउँ गाउँपालिका–३ दोभानबाट जेठ १८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
दुबै जना सँगै काम गर्ने र रातीको समयमा नजिकैको प्रतिक्षलयमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर गौतम बोहोराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते पाल्पा अस्पतालमा गरिएको छ ।