१३ वर्षीया बालिकालाई वलात्कार गरेको गरेको कसुरमा पर्सा जिल्ला धोवानी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार केवटलाई १८ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला भएको छ ।
जिल्ला अदालत चितवनका न्यायधीश सकुन्तला कार्कीको इजलासले ०७९ जेठ १७ गते उक्त फैसला गरेको श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो ।
पीडित १३ वर्षीया बालिकालाई ०७७ पुस १९ गते विद्यालय जाँदै गरेको अवस्थामा बाटोबाटै भगाई चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरमा ल्याई राजकुमार महतोले डेराकोठामा राखि बलात्कार गरेको भन्दै पीडितका बुवाले पुस २६ गते राजकुमार सहित सुरेन्दै पटेल र जयप्रसाद कानुविरुद्ध इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २७ गते भरतपुर अस्पतालमा भएको थियो ।
कसुरदार राजकुमारलाई प्रहरीले पुस २६ गते नै गिरफ्तार गरेको थियो भने घटनामा संलग्न रहेका अन्य आरोपितहरू २२ वर्षीय सुरेन्द्र पटेल र २१ वर्षीय जयप्रसाद कानु भने फरार छन् ।
राजकुमार ०७७ माघ १९ गते न्यायधीश हेमन्त रावलको इजलासबाट पूर्पक्षका लागि थुनामा गएका थिए ।