INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग प्रदेश सिमाङ्कनमा हेरफेर गर्ने निर्णय गरेको राससले जनाएको छ ।

सिंहदरबारमा वैशाख १३ गते साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

अन्य

भिडियो