INSEC Online

📅 २०८३ जेष्ठ २१

छुरा प्रहार आरोपमा पति गिरफ्तार

उर्लावारी नगरपालिका–४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय पति सुमन महरालाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका आरोपितले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारी इन्स्पेक्टर मिलन थापाले बताउनु भयो ।

पेटमा छुरा प्रहार गरिएको र चोट गहिरो रूपमा लागेकाले पीडितको उपचार विराटनगर महानगरपालिका–३ स्थित नोवेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

पत्नीलाई जेठ १६ गते राति छुरा प्रहार गरेको स्थानीयले प्रहरीलाई सूचना दिएपछि आरोपितलाई राति नै अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो