INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वखोला गाउँपालिका– ३ का ३१ वर्षीय श्यामबहादुर दर्जीलाई जेठ १४ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १३ गते बलात्कार भएको भन्दै पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताउनु भयो।

राती घरमा कोही नभएको मौका छोपेर आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते पाल्पा अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो