यौन दुर्व्यवहारको घटनामा ०७८ मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गिरफ्तार भएका जलजला गाउँपालिका–४ लामाखेतका ३० वर्षीय विष्णु आचार्यलाई यस्तै घटनाको आरोपमा प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई जेठ १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बाटोमा हिडिरहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप सहित पिडित बालिकाका बाबुले जेठ १३ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले फोनमार्फत जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।
१३ वर्षीया बालिकालाई आरोपित आचार्यले ०७८ मङ्सिर ८ गते अश्लिल दृश्य सामग्री देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेको थियो ।
जिल्ला अदालत पर्वतले आरोपितलाई मङ्सिर २८ गते १ लाख रुपियाँ धरौटीमा रिहा गरेको भएपनि मुद्दाको अन्तिम किनारा भने लागेका थिएन ।