INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई जेठ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले जेठ १५ गते बेनी नगरपालिका–९ घतानका ६२ वर्षीय भक्ते दमाईलाई आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा जेठ १५ गते गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कँडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

अन्य

भिडियो