१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–५ का ४४ वर्षीय तारानाथ पोखरेललाई जेठ १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय बरूणेश्वरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १२ गते गरिएको छ ।