जिल्ला सदरमुकाम सिमकोटको तल्लो बजारमा रहेको महिला फिडर छात्राबासमा तीन हप्तादेखि खानेपानीको समस्या भएको छ । खानेपानीको समस्या भएपछि छात्राबासमा बस्ने विद्यार्थीहरू मर्कामा परेका छन् ।
धारामा तीन हप्तादेखि पानी नआउँदा करिब २० जना विद्यार्थीहरू खानेपानीबाट बन्चित भएका छन् । धारामा पानी नआएपछि छात्रावासबाट करिब आधा घण्टा लाग्ने स्थानबाट पानी ल्याउने गरेको कक्षा आठमा अध्ययनरत छात्रा समीक्षा रावलले गुनासो गर्नु भएको छ ।
छात्रावासमा पानी नआएपछि प्रत्येक दिन तल्लो बजारस्थित जिल्ला अस्पतालबाट खानेपानी ल्याउने गरेको छात्रा रावलले दुख व्यक्त गर्नु भयो ।
पानी ल्याउनकै लागि आधा घण्टा लाग्ने भएपछि कोठामा बसेर अध्ययन गर्ने समय कम भएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो पानी ओसार्नै पर्ने भएकाले अध्ययन गर्ने समय पनि त्यसैमा खर्च गर्नुपर्ने भएको छ ।
उक्त छात्राबासमा बस्ने विद्यार्थीहरूको सङ्ख्या धेरै भएका कारण प्रतिव्यक्तिले तीनचार पटकसम्म ओसार्नुपर्ने भएकाले पठनपाठन गर्ने समय नपुग्ने गरेको छ ।
खोलाबाटै प्रयाप्त पानी नआएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण भण्डारीले बताउनु भएको छ । अध्यक्ष भण्डारीले भन्नु भयो “छात्राबास जाने पानीको बीच बाटोमा डोजरले तोडफोड गरेका कारण छात्राबासमा खानेपानीको समस्या आएको हो र बीच बीचमा टुटफुट भएको खानेपानी पाइपलाइनलाई जेठ १५ गतेसम्म मर्मत गरेर सम्पन्न गर्ने आश्वासन दिनु भएको छ ।
![]()
![]()