INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्ने अध्यक्ष थापाको प्रतिबद्धता

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मानव अधिकारको सवाललाई गाउँपालिकाको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इन्सेकद्वारा बन्दिपुर गाउँपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारिताबारे छलफल तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थापाले इन्सेकले सञ्चालन गरेको कार्यक्रमको बारेमा आफू विगतदेखि नै जानकार रहेको भन्दै सो प्रतिब४ता व्यक्त गर्नु भएको हो ।

उहाँले अब गाउँपालिकाको नेतृत्वमा आइसकेपछि शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने बताउनु भयो ।

इन्सेकद्वारा सञ्चालित कार्यक्रमले बन्दिपुरमा राम्रो प्रभाव पारेको भन्दै अध्यक्ष थापाले उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

photo20220527tanahu

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले मानव अधिकार समूहले पहिचान गरेका विषयलाई नीति तथा कार्यक्रममा सम्बोधन गरिने बताउनु भयो ।

सो कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराई, कृषि शाखाका प्रमुख सुलभ अधिकारी, शिक्षा शाखाका प्रमुख विष्णु खत्रीले सम्बन्धित शाखाको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संविधानको मौलिक हकको विषय भएको कारण स्थानीय सरकारको रुपमा रहेको गाउँ पालिकाले उक्त विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

अन्य

भिडियो