INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेमाल गाउँपालिका–२ का ४७ वर्षीय आसमान तामाङलाई प्रहरीले जेठ १० गते पचुवारघाटबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई वैशाख २५ गते आरोपितको घरैमा बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले आरोपितविरूद्ध जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा जेठ १२ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाका अनुसार आरोपितलाई जेठ १२ गते जिल्ला अदालतमा पेश गरी जबरजस्ती बलात्कार गरेको कसुरमा मुद्दा दर्ता भएको छ ।

अन्य

भिडियो