INSEC Online

📅 २०८३ श्रावण १

बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने

गत वैशाख ३० गते भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबिच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जेठ १२ गते एक विज्ञप्ति जारी गरी सो नगरपालिकामा पुन: मतदान गर्ने जनाएको हो ।

विज्ञप्तिमा मतदान गर्ने मिति र समय भने तोकिएको छैन । निर्वाचनको मिति भने सम्बन्धित निर्वाचन अधिकृतले नै तोक्ने आयोगले विज्ञप्तिमा जनाएको छ ।

election-commission Budhiganga letter'

अन्य

भिडियो