झापा, भद्रपुर नगरपालिका–२ स्थायी घर भई धरान उपमहानगरपालिका–१६ हात्तीसार कलेज धरानको आवास गृहमा बस्दै आएकी ४२ वर्षीया शान्ता सुवेदीको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा सौगात सुवेदीलाई जेठ १० गते गिरफ्तार गरेको छ ।
मानसिक स्वास्थ्यमा समस्या भएका आरोपितले जेठ ७ गते आमालाई बाम्फोक प्रहार गरी घाइते बनाएका थिए ।
बाम्फोक प्रहारबाट घाइते शान्ताको उपचारका क्रममा जेठ १० गते मृत्यु भएपछि आरोपितलाई धरान उपमहानगरपालिका–१४ विजयपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जेठ १० गते गरिएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी झापा, भद्रपुर नगरपालिका–२ स्थित घाटमा सद्गत गरेको छ ।