INSEC Online

📅 २०८३ जेष्ठ २१

हजुरआमा हत्या आरोपमा नाति गिरफ्तार

कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय नाति रोहित दनुवारलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

अंशसम्बन्धी विवादमा आरोपितले जेठ १२ गते खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

हजुरआमाको हत्या लगत्तै फरार भएका आरोपितलाई कटारी नगरपालिका–७ रिस्कुमा लुकेर अवस्थामा अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ १२ गते कटारी अस्पतालमा गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी कटारी नगरपालिका–७ रिस्कुस्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो