INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार

जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरको हत्या  घटनाका आरोपित ४० वर्षीय पति दिनेश राजभरलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई घरायसी विवाद क्रममा आरोपितले जेठ ६ गते राती फलामको रड प्रहार गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा जेठ ६ गते पत्नीको हत्या गरी साडीमा पोको पारेर घर नजिकै फालेको अवस्थामा जेठ ६ लास फेला परेको थियो ।

पीडितकी छोरीले लास फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

आरोपितलाई जेठ १० गते विराटनगर महानगरपालिका–८ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ ७ गते गरिएको थियो ।

सोही दिन पीडित पक्षले शव बुझी जहदा गाउँपालिका–२ स्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो