INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–६ निवासी मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषयका शिक्षक ३३ वर्षीय रामसिह धामीलाई गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि आरोपित शिक्षकलाई घरबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले बताउनु भयो ।

बालिकालाई गत फागुन महिनामा बलात्कार गरिरहेको भिडिओ आरोपितले जेठ ६ गते एक जना साथीको म्यासेन्जरमा पठाएको र सोही भिडिओ एकले अर्कालाई सम्प्रेषण गर्दै जाँदा घटना सार्वजनिक  भएको जिल्ला  प्रहरी कार्यालयका इन्स्पेक्टर शाहीले बताउनु भयो ।

आरोपित विरुद्ध जबरजस्तीकरणी र साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको समेत इन्स्पेक्टर धामीको भनाइ छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो