जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरलाई जेठ ६ गते खुकुरी प्रहार गरी ४० वर्षीय पति दिनेश राजभरले हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा जेठ ६ गते आरोपितले खुकुरी प्रहार गरी हत्या गरेर साडीमा पोको पारेर लास फालेको अवस्थामा जेठ ७ गते विहान छोरीले फेला पारेपछि पीडित पक्षले प्रहरी चौकी मझारेलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनाका आरोपित फरार रहेकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ ७ गते गरिएको छ ।
पीडित पक्षले जेठ ७ गते शव बुझी जहदा गाउँपालिका–२ स्थित घाटमा सद्गत गरेको छ ।