मरिण गाउँपालिका–७ को रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । उक्त वडाको आधारभुत विद्यालय बाह्रविसेमा रहेका ‘क’ मतदान केन्द्रमा मुचुल्कामा उल्लेख भए भन्दा बढी मतपत्र भेटिएपछि ०७९ जेठ २ गते राती ९ः३० बजेबाट रोकिएको मतगणना वैशाख ३ गते १.०० बजेसम्म पनि सुरु नभएको हो ।
मरिण गाउँपालिका–७ मा रहेको आधारभुत विद्यालय बाह्रविसेमा रहेका ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्र मध्ये ‘क’ मा ६ मत बढि आएपछि मतगणना रोकिएको थियो ।
उक्त केन्द्रमा क्रमश ६ सय ३२, ६ सय ५६, ६ सय ५३ मत खसेकोमा ‘क’ केन्द्रमा मुचुल्कामा उल्ल्ेख भए भन्दा ६ थान मतपत्र थप भई ६ सय ३८ मतपत्र भेटिएपछि सुरु भएको विवाद हुँदा मतगणना रोकिएको हो ।
तीन केन्दै मध्ये ‘ख’ मा खसेको ६ सय ५७ मत मध्ये ५७ मत गणना भएको थियो । ५७ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले २८ र एमालेका उम्मेदवारले २२ मत प्राप्त गरेका थिए ।
‘क’ केन्द्रको मतपत्र मिलाएर मतपत्रको सङ्ख्या गणना गर्दा ६ ओटा मतपत्र बढि भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत दुर्गा बन्झाडेले जानकारी दिनुभयो ।
उहाँले सबै मतपत्रमा मतदान अधिकृतहरूले सहि गरेको भएकोले नियम अनुसार सो मतपत्र गणना गर्न मिल्ने बताउनुभयो ।
मतगणनामा एमालेले असन्तुटि राखेपछि मतगणना रोकिएको तर मतगणना आयोगको निर्देशन आएपछि सोही निर्देशान अनुसार गर्ने बताउनुभयो ।
मरिण गाउँपालिकामा सात ओटा वडा रहेका छन् । ६ ओटा वडाको मतगणना सम्पन्न भइ सकेको छ ।