चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको छ ।
चिशंखुगढी गाउँपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवारको मत परिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ता राजकुमारले दुई ओटा मतपत्र च्यातेको आरोप छ ।
मतपत्र च्यातेको आरोपमा ढुङ्गानालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिनिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
मुुख्य निर्वाचन अधिकृतको कार्यालयसँगको समन्वयमा कानुन अनुसारको कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
चिशंखुगढीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच तालमेल छ ।
चिशंखुगढी–३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षका उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो ।