देउमाई नगरपालिकामा प्रहरी र राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयसँग झडप भएको छ ।
आक्रोशित भिडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ ।
मतगणनाका क्रममा नगरपालिकामा कार्यरत एक जना करारका कर्मचारीको गोजीमा स्वस्वित छाप भेटिएपछि विवाद सुरू भएको थियो ।
विवादले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ ।
झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।
मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको हो ।
विवादपछि नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली कांग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित बिरोध गर्न थालेपछि मतगणना रोकिएको थियो ।
विवादपछि निर्वाचन अधिकृत हरीबहादुर दाहाल र प्रहरी विरूद्ध नाराबाजी भएपछि नगरपालिका तोडफोड र झडप भएको मतगणनास्थलमा रहनु भएका पत्रकार टिका खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
एक पक्षीय रूपमा मतगणना भएको गठबन्धन दलले आरोप लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बिवाद भए पछि मतगणना रोकेर मतपत्रको कडा सुरक्षा गरिएपछि झडपको अवस्था आएकोे बताउनु भएको छ ।