INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान गरी फर्किने क्रममा ज्येष्ठ नागरिकहरुको मृत्यु

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीका अनुसार महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा वैशाख ३० गते मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको नेकपा एमालेका नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार स्थानीय तह निर्वाचनमा मतदान गर्न जाने क्रममा पाटन नगरपालिका–६ का ६८ वर्षीय कमलसिंह विष्टको मृत्यु भएको छ ।

कृष्ण मावि पाटन मतदान केन्द्रमा पुग्ने वित्तिकै एक्कासी बेहोस भएका विष्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा मृत घोेषित गरिएको थियो  ।

दम तथा अन्य रोगबाट पीडित विष्टलाई स्टेचरमा बोकेर मतदान केन्द्रमा लगिएको र मतदान गर्न नपाउँदै उहाँको मृत्यु भएको कमलसिंह विष्टका आफन्त बसन्त विष्टले बताउनु भयो ।

यसैगरी मतदान गरेर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार–३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भए छ ।

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेर भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।

मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्य चौकी पु¥याएको भएपनि उहाँको बाटो मै मृत्यु भएको जोशीले बताउनु भयो ।

अन्य

भिडियो