INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिका बेला राजनीतिक दलहरू बीच विभिन्न स्थानमा झडप

हेलम्बु गाउपालिका–३ मा एमाले र नेपाली कांगे्रसबीच ०७९ वैशाख २८ गते बेलुका झडप भएको छ । दुवै पक्ष बीचको खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् ।

एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेस कार्यकर्ता हेलम्बु गाउपालिका–३ का मानदोर्जे तामाङ र कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता ३६ वर्षीय फ्यान्जो तामाङ घाइते भएका हुन छन् ।

घाइते दुवै जनालाई उपचारको लागि मेलम्ची अस्पताल भर्ना गरिएको छ ।

त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा ०७८ वैशाख २८ गते बेलुकी माओवादी कार्यकर्ताले एमाले कार्यकर्तालाई फलामको रड र डण्डीले आक्रमण गरेका छन् ।

आक्रमणबाट एमाले कार्यकर्ता सरद थापा र विकाश पुरी घाइते भएका छन् ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता गंगा श्रेष्ठ र कुलबहादुर श्रेष्ठलाई घटनास्थलबाट राती नै गिरफ्तार गरेको छ ।

घाइतेहरूलाई उपचारको लागि चौतारा अस्पताल भर्ना गरिएको छ ।

त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका–७ मा वैशाख २८ गते बेलुकी माओवादी र नेपाली कांग्रेस बीच झडप भएको छ ।

नेपाली कांग्रेस कार्यकर्ताहरूले बागमती प्रदेश सांसद तथा पूर्व सामाजिक विकाश मन्त्री युवराज दुलाल र अन्य दुई माओवादी कार्यकर्ताको घरमा ढुङ्गामुढा गरी घरमा क्षति पुर्याएका छन् ।

ढुङ्गामुढा हुँदैगर्दा प्रहरीले स्थितीलाई नियन्त्रण गरेकोले थप क्षति हुन पाएन ।

अन्य

भिडियो