पञ्चपुरी नपा–७ धनबोटस्थित नेरा आवासीय मावि मतदान स्थलमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिृकत, सुरक्षामा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई वैशाख २८ गते राति कुटपिट गरेका छन ।
सई भट्टले मदिरा सेवन गरी मतदान अधिकृत निरज झा, सहायक मतदान अधिृकत राजेन्द्र धमला, मतदान स्थलमा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई कुटपिट गरेको स्थानीयवासी कमलबहादुर वयकले जानकारी दिनुभयो । कुटपिटबाट सबैजना सामान्य घाइते भएका छन् । सई भट्टलाई वैशाख २९ गते बिहान प्रहरीले नियन्त्रणमा लगेको स्थानीयवासी वयकले जानकारी दिनु भयोे ।
मदिरा सेवनगरी मतदान अधिृकत झासहितलाई कुटपिट गरेको आरोपमा सई भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका निमित्त प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।
निर्वाचनको शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै यस्तो घटना हुनु दुखद भएको र उनलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने एसएसपी वास्तोलाले जानकारी दिनुभयो ।