स्थानीय तह निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई पैसा बाँडेको आरोपमा प्रहरीले नेपाली कांगे्रसका कार्यकर्ता करन महरालाई वैशाख २८ गते राति गिरफ्तार गरेको छ ।
कृष्णपुर नगरपालिका–९ राजघाटमा मतदाताहरुलाई पैसा बाँडे सूचना प्राप्त भएपछि महरालाई २ लाख २२ हजार ६ सय ८० रुपियाँ सहित राजघाटबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहीले बताउनु भयो ।
मौन अवधिको दुरपयोग गर्दै रातिको समयमा महराले मतदाताहरुलाई पैशा बाँडीरहेको पाइएपछि प्रहरीलाई जानकारी गराएको कृष्णपुर नगरपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार गणेशबहादुर ऐरले बताउनु भयो ।
नेपाली कांग्रेस कृष्णपुर नगरपालिकाका सभापति विष्णु खडकाले कांग्रेसले मतदाताहरुलाई पैशा नबाँडेको भएपनि पार्टी र कार्यकर्ताहरुलाई बदनाम गर्नका लागि विरोधीहरुले योजना बनाएको बताउनु भयो ।