INSEC Online

📅 २०८३ जेष्ठ २१

लेक लागेर एक म्यादी प्रहरीको मृत्यु

शे फोक्सुन्डो गाउँपालिका–१ कोमासमा स्थानीय तह निर्वाचनको लागि दशरथ चन्द आधारभूत विद्यालयमा खटिएका एक जना म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

काइके गाउँपालिका–४ रिव निवासी २४ वर्षीय सुरिन विकको लेक लागेर मृत्यु भएको हो । शे फोक्सुन्डो गाउँपालिकामा खटिएका विक लेक लागेर विरामी भएपछि उपचारका लागि सदरमुकामतर्फ आउने क्रममा शे फोक्सुन्डोको कोमासमा पुगेपछि वैशाख २७ गते राति करिब ८ बजे मृत्यु भएको खवर आज बिहान प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले बताउनु भयो ।

मृतक म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टर पठाइएको प्रशासनले जनाएको छ । म्यादी प्रहरीको मृत्यु भएको कोमास गाँउ सदरमुकाम दुनैदेखि चारदिनको पैदल दुरीमा पर्छ ।

सरकारले निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भएमा २० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेकोले सोही बमोजिमको व्यवस्थाका लागि सिफारिस गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो