आरुघाट गाउँपालिका–१ मान्वुमा वैशाख २६ गते राति कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा दई एमाले कार्यकर्ता घाइते भएका छन् ।
झडपमा आरुघाट गाउँपालिका–१ मान्वुका विक्रम लामा र गोपाल लामा घाइते भएका छन् ।
चुनावी प्रचार सकेर बसेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरुघाट गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण नेपालीले बताउनुभयो ।
आँखामा चोट लागेका दुवै जनाको उपचार आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ ।
कांग्रेसको तर्फबाट आरुघाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार राजु गुरुङले घटनाबारे बुझिरहेको बताउदै उहाँले सामान्य भनाभनपछि कुटपिट भएको बताउनुभयो ।